कोरोना खोप लिनेबेला सम्मको प्रवाह

कोरोना खोप नि:शुल्क लिन सकिनेछ।
अस्थायी रिलिज भएका, आवासीय प्रमाणपत्र नभएका विदेशिहरूले पनि खोप लिन सकिनेछ।

❶ नगरपालिकाबाट खोप कुपन (कुपन )”नयाँ कोरोना खोपको सूचना” पठाइने छ।

आफू बसेको क्षेत्र र उमेरको आधारमा खोप कुपन प्राप्त गर्ने समय फरक हुन सक्छ।
आवासीय प्रमाणपत्र नभएका विदेशी महानुभावहरू, कृपया आफ्नो ठेगाना देखाई ,हाल बसोबास गर्दै गरेको क्षेत्रको स्थानीय वडा कार्यालयमा परामर्श गर्नुहोस्।

खोप कुपनको नमूना (कोबे-सिटिको उदाहरण: नगरपालिका अनुसार डिजाइन फरक हुन्छ।)

nep

❷ पहिलो चरणको खोपको लागि रिजर्भेसन गर्ने

खोप दुईपटक लिनु पर्दछ। सर्वप्रथम ,पहिलो चरणको खोपको लागि रिजर्भेसन गर्नुहोस्।

रिजर्भेसन गर्ने विधि

・यदी नगरपालिकाद्वारा स्थापित स्थलमा खोप लिने भएमा
नगरपालिकाको रिजर्भेसन साइटबाट रिजर्भेसन गर्नुहोस् वा नगरपालिकाको कल सेन्टरमा फोन गरी रिजर्भेसन गर्नुहोस्।
खोपको सूचनामा रिजर्भेसन साइटको URLवा QR कोड, कल सेन्टरको फोन नम्बर लेखिएको छ।

・प्रत्येक चिकित्सा संस्थान (सँधै जानुहुने अस्पताल आदि ) मा खोप लिने भएमा
नगरपालिका अनुसार रिजर्भेसन गर्ने विधि फरक हुने हुँदा, कृपया नगरपालिकाको सूचना वा होमपेजमा हेर्नुहोस्।
चिकित्सा संस्थानमा सिधा रिजर्भेसन (होमपेज वा फोनबाट) गर्ने र,
नगरपालिकाको रिजर्भेसन साइट वा कल सेन्टरबाट रिजर्भेसन गर्न सकिनेछ।

खोप लगाउन सक्ने चिकित्सा संस्थानहरू,निम्न साइटमा खोज्नुहोस्।
जापानी :https://v-sys.mhlw.go.jp/search/
अंगेजी :https://v-sys.mhlw.go.jp/en/search/

तपाईं काम गर्ने कार्यस्थल वा अध्ययनरत विश्वविद्यालयमा पनि खोप लिन सकिनेछ।

※कृपया सावधान हुनुहोस्, रिजर्भेसन एक ठाउँमा मात्र गर्नुहोस्।
※रिजर्भेसन गर्ने विधी र प्रक्रियाहरू भविष्यमा परिवर्तन हुन सक्छ।

❸ पहिलो चरणको खोप प्राप्त गर्ने

लिएर जाने सामानहरू:खोप कुपन,परिचयपत्र, (आवासीय कार्ड,पासपोर्ट,माईनम्बर कार्ड आदि )
जाँच फारम (खोप कुपनसँगै पठाइने हुँदा भर्नुहोस्।सन्दर्भको लागि बहुभाषी संस्करणको निम्न साइट हेर्नुहोस्।)
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/vaccine_tagengo.html

❹ दोस्रो चरणको खोपको लागि रिजर्भेसन गर्ने

❺ दोस्रो चरणको खोप प्राप्त गर्ने

खोप पछिको सावधानी

खोप लगाईसकेपछि सोही ठाउँमा 15देखि 30मिनेट प्रतिक्षा गर्नुहोस्।

खोप लगाईसकेपछि, स्वास्थ्य अवस्था खराब हुन पनि सक्छ।
गम्भीर लक्षणहरू भई,केही दिन बितिसक्दा पनि निको नभएमा चिकित्सा संस्थानमा परामर्श गर्नुहोस्।

खोप लगाईसकेपछि पनि कृपया मास्क लगाई संक्रमण बिरुद्ध कदम चाल्न जारी राख्नुहोस्।

सम्पर्क

खोपको बारेमा सामान्य जानकारी:
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना खोप कल सेन्टर
0120-761770 (नि:शुल्क・शनि, आइत, बिदाको दिन पनि)
जापानी・अंग्रेजी・चिनियाँ・कोरियाली・पोर्तुगाली・स्पेनिश:9:00-21:00
थाई:9:00-18:00
भियतनामी:10:00-19:00
※शुरूमा जापानीबाट कुरा गरिनेछ। कृपया “दोभासे चाहन्छु” भन्नुहोस्।

रिजर्भेसनको बारेमा:आफु बसेको क्षेत्रको वडा कार्यालयमा परामर्श गर्नुहोस्।

[स्रोत / सन्दर्भ]
「ワクチン 接種までの流れ 接種予約は」(NHK 新型コロナウイルス特設サイト)
https://www3.nhk.or.jp/news/special/coronavirus/vaccine/flow/

「コロナワクチンナビ」(厚生労働省)
https://v-sys.mhlw.go.jp/

「外国人住民向けにコロナワクチン情報発信。多言語コールセンターや17言語でのお知らせも」
(Buzz Feed)
https://www.buzzfeed.com/jp/sumirekotomita/covid-vaccine-1

「接種券見本」(神戸市)
https://www.city.kobe.lg.jp/documents/42676/t-1.pdf

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 クメール語 スペイン語
タイ語 タガログ語 中国語
日本 ネパール語 ビルマ語
フランス語 ベトナム語 ペルシア語
ポルトガル語 マレー語 モンゴル語
ロシア語