जापानमा अस्थायी भिजिटर (तान्की ताइजाई) वा अस्थायी रिलिज (खारिहोउमेन) भएका व्यक्तिको लागि खोप लगाउने

अस्थायी भिजिटर (तान्की ताइजाई) अर्थात् छोटो अवधिको लागि जापानमा बसेका, अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका वा अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको लागि आवेदन दिइरहेका व्यक्तिले पनि कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। खोप नि:शुल्क छ।

1.खोप कुपन लिनुहोस्

खोप कुपन प्राप्त गर्न कृपया आफ्नो क्षेत्रको स्थानीय वडा कार्यालयमा परामर्श गर्नुहोस्।

・महिना वा सोभन्दा कम बसोबास योग्यता (जाईयु शिखाकु) भएका व्यक्तिहरू, “कूटनीतिक” (गाइकोउ) “आधिकारिक” (कोउयोउ) र “अस्थायी भिजिटर” (तान्की ताइजाई) भएका व्यक्तिहरू
(कोरोनाले गर्दा आफ्नो देश फर्कन अक्षम भई 3 महिना वा सोभन्दा बढी समयदेखि जापानमा हुनुहुन्छ भने)तलको

पोस्टकार्ड जापानको अध्यागमन सेवा एजेन्सीबाट प्राप्त गर्नुहुनेछ।

card1

card2

① पोस्टकार्ड
② परिचयपत्र (पासपोर्ट आदि) लिएर वडा कार्यालयमा जानुहोला।यदि तपाईंसँग पोस्टकार्ड छैन भने, कृपया निम्नलाई लिएर जानुहोला ।
① बसोबासको प्रमाण (उपयोगिता बिल, आदिको भुक्तानीको प्रमाण)
② परिचयपत्र (पासपोर्ट आदि)

अस्थायी रिलिज (खारिहोउमेन) मा रहेका व्यक्तिहरू

① अस्थायी रिलिज अनुमतिपत्र (खारिहोउमेन) को लागि वा प्रत्येक स्थानीय अध्यागमन कार्यालयबाट अस्थायी रिलिज (खारिहोउमेन) को सूचना
② परिचयपत्र (पासपोर्ट आदि) लिएर वडा कार्यालयमा जानुहोला।

अस्थायी रिलिज (खारिहोउमेन) अनुमतिको लागि आवेदन दिने प्रक्रियामा रहेका व्यक्तिहरू

① बसोबासको प्रमाण (उपयोगिता बिल, आदिको भुक्तानीको प्रमाण)
② परिचयपत्र (पासपोर्ट आदि) लिएर वडा कार्यालयमा जानुहोला।

nep

※खोप कुपन प्राप्त गर्न आवश्यक पर्ने कुराहरु नगरपालिकामा निर्भर गर्दछ। विवरणहरूको लागि कृपया वडा कार्यालयमा सोध्नुहोस्।
※ यदि माथिका वस्तुहरू ① र ② तयार गर्न असमर्थ हुनुहुन्छ भने, कृपया पहिले परामर्श डेस्क वा वडा कार्यालयमा परामर्श गर्नुहोस्।

2.खोप लगाउनको लागि रिजर्भेसन गर्ने

रिजर्भेसन साइट वा कल सेन्टरद्वारा रिजर्भेसन गर्ने ।
रिजर्भेसन विधि आदि तलको पृष्ठमा लेखिएको छ।

https://tcc117.jp/facil/covid-ml-info/ne/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%aa-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae/

विवरणहरूको लागि, कृपया वडा कार्यालयमा सोध्नुहोस्।

3.खोपको लागि परामर्श डेस्क

खोपको अन्तर्गत समस्या बारे:

विदेशीहरूका लागि नयाँ कोरोना खोपका लागि परामर्श केन्द्र (CINGA द्वारा आयोजित)
03-6261-6356
सोमबार देखि शुक्रबार बिहान 10:00 बजे देखि 4:00 बजे सम्म
(शनिबार, आइतबार र सार्वजनिक बिदामा बन्द)
※ समर्थित भाषा, सजिलो जापानी (यासासीई निहोङ्गो) बाट गरिएतापनि अन्य भाषाहरूमा पनि समर्थन गर्न सकिन्छ ।

जानकारी पृष्ठ:
https://www.cinga.or.jp/2108/(जापानी, अंग्रेजी, भियतनामी)
https://www.cinga.or.jp/2167/(जापानी मात्र / स्थानीय परामर्श सेवाहरूको सूची पनि लेखिएको छ)

तपाईं बस्ने क्षेत्रको अन्तर्राष्ट्रिय संघहरू, आदि।
तलको पृष्ठबाट फेला पार्न सक्नुहुन्छ।
जापानी:
http://www.clair.or.jp/j/multiculture/association/consultation_list.html
अंग्रेजी :http://www.clair.or.jp/e/multiculture/tagengo/consultation-centers.html

FRESC हेल्प डेस्क (अध्यागमन सेवा एजेन्सी)
0120-76-2029
सोमबार देखि शुक्रबार बिहान 9:00 बजे देखि 5:00 बजे सम्म
(शनिबार, आइतबार र सार्वजनिक बिदामा बन्द)
समर्थित भाषाहरू: सजिलो जापानी, अंग्रेजी, चिनियाँ (सरलीकृत / परम्परागत), कोरियाली, स्पेनिश, पोर्तुगाली, भियतनामी, नेपाली, थाई,इन्डोनेसियाली, तागालोग, बर्मी, खमेर, मंगोलियन, फ्रान्सेली, सिंहला, उर्दू,बंगाली
※सुरुमा, सजिलो जापानी भाषामा बोल्ने छ र त्यसपछि माथिका भाषाहरूमा मद्दत गर्न एक दोभासे उपलब्ध हुनेछ।

रिजर्भेसनको बारेमा:
आफु बसेको क्षेत्रको वडा कार्यालयमा परामर्श गर्नुहोस्।

《 स्रोत / सन्दर्भ 》
「FRESC多言語ワクチン接種サポート」(出入国在留管理庁)
https://www.moj.go.jp/isa/support/portal/vaccine_covid19.html
出入国在留管理庁から送るはがき
https://www.moj.go.jp/isa/content/001357058.pdf

「入管法等の規定により本邦に在留することができる外国人以外の在留外国人に対する新型コロナウイルス感染症に係る予防接種について」(厚生労働省)
https://www.mhlw.go.jp/content/000763148.pdf

「【特別転載】新型コロナウイルス感染症のワクチン接種の外国人に対する取り扱いについて」(特定非営利活動法人 移住者と連帯する全国ネットワーク)
https://migrants.jp/news/blog/20210803.html

「CINGA主催 外国人新型コロナワクチン相談センター」(CINGA)
https://www.cinga.or.jp/2108/

「ワクチンをうけたい あなたのまちの外国人相談」(CINGA)
https://www.cinga.or.jp/2167/

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 クメール語 スペイン語
タイ語 タガログ語 中国語
ネパール語 ビルマ語 フランス語
ベトナム語 ペルシア語 ポルトガル語
マレー語 モンゴル語 ロシア語
ベトナム語 日本