जीवन सहयोग अस्थायी कार्यक्रम「इचिजी सेइखाचु सिएन जिग्योउ」(आवास सहयोग सहित)

ホームレスの男性

~बस्ने ठाउँ नभएका लागि खाना, कपडा र बस्ने ठाउँ प्रदान गरिने छ~

बस्ने ठाउँ (आवास) नभएका या जो इन्टरनेट क्याफेमा बस्छन्, आवास अस्थिर भएकाहरूलाई निश्चित अवधिको लागि आवास र खाना प्रदान गरिनेछ।
त्यस पछि तपाइँको भविष्य पुननिर्माण गर्न, आवास र कामका लागि पनि सहयोग प्राप्त गर्न सक्नुहुनेछ ।

बसोबास योग्यता (जाईयु सिखाकु) भएमा विदेशीहरूले पनि यसलाई प्रयोग गर्न सक्दछन्
बस्ने ठाउँ नभएर जीवन यापन कठिनाई भइरहेको र जसको आम्दानी र सम्पत्ति एक न्युनतम स्तर भन्दा मुनि भएका व्यक्ति
→एक निश्चित अवधि (नियम अनुसार तीन महिना) सम्म बस्ने ठाउँ, खाना र कपडा प्रदान गरिन्छ।
रोजगार पाउनका लागि पनि सहयोग प्राप्त गर्न सक्नुहुन्छ।

यो ” जीवन सहयोग अस्थायी कार्यक्रम “「इतिजी सेइखाचु सिएन जिग्योउ」 केही स्थानीय सरकारले सञ्चालन नगरेका पनि छन् त्यो अवस्थामा,यो प्रयोग गर्न सकिँदैन।
प्रक्रियाको लागि सबै भन्दा पहिले तपाइँको बसोबास गर्ने शहरको「स्वतन्त्र परामर्श सहयोग केन्द्र」(जिरिचु सोउदान सिएन किखान) मा फोन गर्नुहोस्।
यो पेज(https://www.mhlw.go.jp/content/000614516.pdf)(जापानी भाषामा मात्र) खोज्न सक्नुहुन्छ ।
नबुजेको खण्डमा、 नगरपालिकामा सोध्नुहोस्।
त्यसपछि फोनबाट “जीवन सहयोग अस्थायी कार्यक्रम प्रयोग गर्न चाहन्छु” भन्नुहोस्।

स्रोत / सन्दर्भ
・「一時生活支援事業(居住支援含む)」(一般社団法人生活困窮者自立支援全国ネットワーク)
https://minna-tunagaru.jp/know/kyojyu/
・「新型コロナウイルスの感染拡大に伴い生活に困窮する外国人への支援策について(要請および厚労省からの回答)」(移住者と連帯する全国ネットワーク)
https://migrants.jp/news/office/20200420_1.html

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 スペイン語 タイ語
タガログ語 中国語 日本語
ネパール語 ビルマ語 ベトナム語
ポルトガル語 ロシア語