नयाँ जीवनशैली

सरकार द्वारा घोषित गरिएको “नयाँ जीवनशैली” लाई सारांशमा प्रस्तुत गरिएको छ ।

नयाँ कोरोना भाइरसको रोग फैलावट बाट रोक्नको लागि आफ्नो नयाँ जीवनशैली कस्तो कुराहरूमा ध्यान दिनुपर्छ भन्ने बारे वर्णन गरिएको छ।

रोग नलाग्न र सर्न नदिनको लागि कृपया निम्न कुराहरू हेर्नुहोस्।

(※भविष्यको अवस्था अनुसार विवरणहरू परिवर्तन हुन पनि सक्छ।)

➀ संक्रमण रोकथामका लागि महत्वपूर्ण कुराहरू

 

1、अन्य व्यक्तिहरूसँग टाढा रहनुहोस् ।

2 मिटर टाढा !

2、मास्क लगाउनुहोस् ।

यदि तपाई बिरामी हुनुहुन्न भने पनि लगाउनुहोस् !
※ गर्मीको बेलामा हिट-स्ट्रोक हुनबाट बच्न मास्क निकाल्नुहोस् । (बाहिरका मानिसहरूबाट टाढा हुने बेला )

3、घरमा पुग्ने बित्तिकै आफ्नो हात र अनुहार धुनुहोस्

हात ,साबुन लगाएर 30 सेकेण्ड जति धुनुहोस्

4、खोक्ने बेलाको शिष्टाचारको पालना गर्नु।

खोक्ने बेलाको शिष्टाचार : खोक्दा वा हाच्छिउं गर्दा, मास्क वा रूमाल, टिस्यु ,आफ्नो लुगाको बाहुला
(sleeve)ले मुख र नाक छोप्नुहोस्।

5、हावालाई राम्रोसँग वारपार हुन दिने ।

एयर-कन्डिशन चलाउने बेलामा पनि, कहिलेकाहीँ हावा वारपार हुन दिने ।

6、निम्न 3 वटा कुराहरू एकै साथ हुने ठाउँमा नजानुहोस्।


・ मानिसहरू धेरै भएको ठाउँ।
・ मानिसहरूसँगको दूरी नजिक भएको ठाउँ।
・हावाको वारपार नहुने ठाउँ।

 

➁ बाहिर जाने बेलामा ध्यान दिनुपर्ने कुराहरू

 

शारीरिक रूपमा अस्वस्थ हुँदा बाहिर नजानुहोस्।

यदी तपाईं बस्ने क्षेत्रमा नयाँ कोरोना भाइरसको रोग फैलिरहेको छ भने टाढा नजानुहोस्।

नयाँ कोरोना भाइरसको रोग फैलिरहेको क्षेत्रमा नजानुहोस्।

・तपाईं कोसँग, कहाँ भेटेको कुराहरू लेखेर राख्नुहोस् । ( यदी संक्रमण भएमा, कारण थाहा पाउनको लागि हो )

सम्पर्क पुष्टिकरण अनुप्रयोग (App) (COCOA)को प्रयोग गर्नुहोस्। नयाँ कोरोना भाइरसको रोग भएको व्यक्तिको नजिक गएको छ कि छैन भनि थाहा हुन्छ। )

 

➂ तपाईं यस्तो अवस्थामा के गर्नुहुन्छ?

 

〇 किनमेल गर्दा
・पसलमा जाँदा एक वा दुईजना व्यक्ति मात्र जानुहोस्। मानिसहरू कम भएको समयमा जानुहोस्।
・नगदको सट्टा इलेक्ट्रोनिक पैसा प्रयोग गर्नुहोस्।
・पसल जानुभन्दा अधि नै किन्ने सामानहरूको निर्णय गर्नुहोस्। किनमेल सकेपछि तुरुन्त घर फर्कनुहोस्।
・सकेसम्म बिक्रीको लागि राखिएको सामानहरू नछुनुहोस्।
・काउन्टरमा लाइन बस्दा ,अगाडिको व्यक्तिसँग टाढा रहनुहोस्।
・इन्टरनेटबाट गरिने किनमेल पनि प्रयोग गर्नुहोस्।
〇खेल्दा, स्पोर्टहरू गर्दा

・मानिसहरू कम भएको समयमा पार्कमा जानुहोस्। मानिसहरू कम भएको ठाउँ प्रयोग गर्नुहोस् ।
・एक वा दुई व्यक्तिको साथ मात्र जोगिंग (Jogging) गर्नुहोस्।
・जब अन्य व्यक्तिको छेउबाट जानुहुन्छ, उक्त व्यक्तिबाट टाढा रहनुहोला।
・रेष्टुरेन्टमा जाने बेलामा पहिले नै बुकिंग गर्नुहोस्।
・लामो समयसम्म साँगुरो कोठामा नबस्नुहोस्।
・भिडियो हेरेर घरमै व्यायाम गर्नुहोस्।
・गीत गाउँदा वा समर्थन गर्दा ,मानिसहरूसँग टाढा रहनुहोस्।
( अनलाइनबाट हेरिने कन्सर्ट वा स्पोर्टहरू पनि प्रयोग गर्नुहोस्।)

〇 ट्रेन वा बस चढ्दा
・सकेसम्म मानिसहरूसँग कुरा नगर्नुहोस्।
・मानिसहरू धेरै भएको समयमा नचढ्नुहोस्।
〇खाना खाने बेलामा
・घरमा लिएर जाने वा डेलिभरी (खाना घरमा पुर्याउन लगाउने ) को प्रयोग गर्नुहोस्।
・प्रति व्यक्तिले एउटा प्लेट प्रयोग गर्नुहोस्।
・मानिससँग आमने -सामने नबसि, छेउमा लाइन लागेर बस्नुहोस्।
・सकेसम्म मानिसहरूसँग कुराकानी नगर्नुहोस्।
・एउटै कप सबैले प्रयोग नगर्नुहोस्।
〇रोजगार
・टेलिवर्क गर्नुहोस् । अफिसमा रहेर काम गर्ने व्यक्तिहरू घटाउनुहोस्।
・अफिसमा जाने समय, फर्कने समय परिवर्तन गर्नुहोस्।( यो ट्रेनमा भीडभाड हुन्न दिनको लागि हो )
・अफिसमा अन्य मानिसहरूसँ ग टाढा रहनुहोस्।
・बैठक अनलाइनबाट गर्नुहोस्।
・मानिसहरूसँग भेटेर गरिने बैठकमा मास्क लगाउनुहोस् र हावालाई वारपार हुन दिने ।

 

सन्दर्भ / स्रोत

“नयाँ जीवनशैली ”को व्यावहारिक उदाहरण (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय, जापानी भाषा)
https://www.mhlw.go.jp/content/10900000/000641743.pdf
“नयाँ जीवनशैली” न्याय मन्त्रालय, सजिलो जापानी भाषा
http://www.moj.go.jp/content/001319945.pdf