प्राविधिक इन्टर्नशिप (गिनोउ जिस्यूसेइ) को बसोबास योग्यता (जाइर्यु सिखाकु) को बा रेमा

airplane

※यो 2020 साल 10 महिनाको 19 तारिक सम्मको सूचना हो।

स्वदेश फर्कन नसक्ने /इन्टर्नशिप निरन्तर गर्न नसक्ने व्यक्तिहरू

●स्वदेशमा फर्कन नसक्ने व्यक्तिहरू

विशिष्ट गतिविधि (तोकुतेइ खाचुदोउ ) (6 महिना सम्म, काम गर्न सकिने )अथवा विशिष्ट गतिविधि (6 महिना सम्म, काम गर्न नमिल्ने) बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।

-स्वदेशमा फर्कन नसक्ने अवस्था भइरहेको व्यक्तिहरूले बसोबास योग्यतालाई नवीकरण गर्न सक्नुहुनेछ।

विशिष्ट गतिविधि (6 महिना सम्म, काम गर्न सकिने) मा परिवर्तन गर्न सकिने भन्नाले, पहिलेको इन्टर्नशिपको जस्तै वा सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरू मात्र हुन्। (कम्पनी परिवर्तन भएपनि हुन्छ।)
विशिष्ट गतिविधि (6 महिना सम्म, काम गर्न नमिल्ने) भएतापनि नयाँ काम खोज्न सक्नुहुनेछ।
यदि काम पाएको खण्डमा विशिष्ट गतिविधि (6 महिना सम्म, काम गर्न सकिने) को बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।
●अहिले सम्ममा इन्टर्नशिप गरिरहेको ठाउँमा काम गर्न नसक्ने व्यक्तिहरू
●प्राविधिक इन्टर्नशिप सकेपछि स्वदेशमा फर्कन नसक्ने व्यक्तिहरू

◆नयाँ इन्टर्नशिप गर्ने ठाउँ फेला नपरेको खण्डमा
विशिष्ट गतिविधि (बढीमा 1 वर्ष सम्म, काम गर्न सकिने) को बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।

-पहिला गरेको इन्टर्नशिप भन्दा फरक काम (नर्सिंग हेरचाह वा कृषि आदि 14 क्षेत्रमा मात्र) गर्न सक्नुहुनेछ।

*निर्दिष्ट शिप भएको कामदार(तोकुतेइ गिनोउ)को बसोबास योग्यता मा काम गर्न शिप सिकेर काम निरन्तर गर्ने व्यक्तिहरू मात्र,आदि सर्तहरू छन्।

तलको साइतमा विभिन्न भाषाबाट व्याख्याहरू छन् ।
http://www.moj.go.jp/isa/nyuukokukanri14_00008.html
(जापानी, सरल जापानी, अंगेजी, चिनियाँ, भियतनामी, तगालोग, पोर्चुगाली, नेपाली, इन्डोनेसिया, स्पेनी भाषाहरू)

जापानमा इन्टर्नशिप निरन्तर गर्ने व्यक्तिहरू

●प्राविधिक इन्टर्नशिपको परिक्षा दिन असक्षम भई , अर्को चरणको प्रशिक्षार्थीमा अगाडि बढ्न नसकेका व्यक्तिहरू

◆परिक्षा दिएर अर्को चरणमा अधि बढ्न सक्षम हुने अवधि सम्म विशिष्ट गतिविधि (बढीमा 4 महिना सम्म, काम गर्न सकिने)को बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।

*पहिलेको इन्टर्नशिपझैँ त्यही ठाउँ र उही क्षेत्रमा काम गर्ने भए मात्र

●प्राविधिक इन्टर्नशिप 2नं /3नं पूरा भएको तर निर्दिष्ट शिप भएको कामदार 1 नं मा जाने पूर्व तयारी नभएको व्यक्तिहरू

◆तयारी गरिरहेको बेलामा विशिष्ट गतिविधि (बढीमा 4 महिना सम्म, काम गर्न सकिने) को बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।

(तयारी भएको व्यक्तिहरू निर्दिष्ट शिप भएको कामदार 1 नं को बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।)
*पहिलेको इन्टर्नशिपझैँ त्यही ठाउँ र उही क्षेत्रमा काम गर्ने भए मात्र

●प्राविधिक इन्टर्नशिप 2नं सकिने हुनाले प्राविधिक इन्टर्नशिप 3नं मा अगाडि बढ्न चाहने व्यक्तिहरू

◆प्राविधिक इन्टर्नशिप 3नं को बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।

*पर्यवेक्षण संगठन (खांरी दान्ताई) (इन्टर्नशिपलाई सहयोग गरिरहेको संगठन) वा इन्टर्नशिप गराउने कम्पनी धेरै राम्रो भनि
मान्यता दिएको खण्डमा मात्र। कम्पनी वा पर्यवेक्षण संगठनमा सोध्नुहोस्।

क्षेत्रीय अन्तर्राष्ट्रियकरण संघ (चीइकी कोकुसाईखा क्योउखाई)
http://www.clair.or.jp/j/multiculture/association/consultation_list.html
योरीसोई हट लाईन
https://www.since2011.net/yorisoi/
विदेशी प्राविधिक इन्टर्नशिप संगठन मातृभाषामा परामर्श
https://www.otit.go.jp/

सन्दर्भ・स्रोत

「स्वदेशमा फर्कन कठिनाई भएका विदेशीहरूलाई सम्बन्धित」
(अध्यागमन सेवा एजेन्सी 2020 साल 10 महिनाको 19 तारिकमा नवीकरण)
http://www.moj.go.jp/isa/content/930005847.pdf
→बहुभाषिक संस्करण यहाँबाट
http://www.moj.go.jp/isa/nyuukokukanri01_00155.html

「नयाँ कोरोना भाइरस संक्रमणको प्रभावले गरि स्वदेशमा फर्कन कठिनाई भएका मध्यम देखि लामो अवधिका निवासीहरू अथवा पूर्व मध्यम देखि लामो अवधिका निवासीहरूको आवासीय आवेदकहरूको बारेमा(अध्यागमन सेवा एजेन्सी 2020 साल 10 महिनाको 19 तारिकमा नवीकरण)http://www.moj.go.jp/content/001320105.pdf


http://www.moj.go.jp/content/001317458.pdf

「अध्यागमन सेवा एजेन्सी (न्युखान Immigration Services Agency) र प्राविधिक इन्टर्नशिपको लागि जानकारी」
(अध्यागमन सेवा एजेन्सी 2020 साल 9 महिनाको 7 तारिकमा नवीकरण)
http://www.moj.go.jp/content/001318821.pdf


http://www.moj.go.jp/content/001328029.pdf
→बहुभाषिक संस्करण यहाँबाट
http://www.moj.go.jp/isa/nyuukokukanri14_00008.html

この記事を他の言語で見る
英語 中国語 ベトナム語
タガログ語 インドネシア語 ネパール語
タイ語 ビルマ語 クメール語
モンゴル語 日本