हाइस्कुल इत्यादी अध्ययनका लागी आर्थिक सहयोग प्रणाली

student image

सरकारले हाइस्कुल इत्यादीको फिस तिर्न सहयोग गर्ने प्रणाली हो।

पब्लिक हाइस्कुल: बर्षमा एक लाख अठार हजार आठ सय येन सम्मको आर्थिक सहयोग उपलब्ध हुन्छ।
→ स्कुल फिस 0 येन हुन्छ।

प्राइभेट हाइस्कुल: बर्षमा एक लाख अठार हजार आठ सय येन देखि तिन लाख छयानब्बे हजार सम्मको आर्थिक सहयोग उपलब्ध हुन्छ।
→ थोरै स्कुल फिस लाग्न पनि सक्छ (अभिभावकको आम्दानी अनुसार फिस निर्धारण हुन्छ)

सरकारले स्कुलमा फिस तिर्दिन्छ।
बिद्यार्थी वा उस्को परिवारले सिधै रकम प्राप्त गर्ने भने होइन।

स्कुलले भर्ना हुने बेलामा यस प्रणालीको बारेमा जानकारी प्रदान गर्छ।
यस् प्रणाली उपयोग गर्न चाहाने ब्यक्तिले स्कुलमा आवेदन दिनुहोस्।
आवेदन नगर्ने ब्यक्तिले आफैं फिस तिर्नु पर्छ।

यस् प्रणालीको उपयोग गर्न सक्ने ब्यक्ति
जापानमा ठेगाना भएको र हाइस्कुलमा पढ्दै गरेको ब्यक्ति

उपयोग गर्न सकिने स्कुलहरु
・ हाइस्कुल ‘कोउतोउ गाक्कोउ’ (फूल-डे कोर्ष ‘जेन्निचि सेइ’, पार्ट-टाइम कोर्ष ‘तेइजि सेइ’, क्रस्पोन्डेन्स कोर्ष ‘चुउसिन् सेइ’) ※मेजर कोर्ष/ स्पेसल कोर्ष भन्दा बाहेक
・ जुनियर र सिनियर हाइस्कुल एकै ठाउँमा भएको “संयुक्त हाइस्कुल” ‘च्यूउतोउ क्योइकु गाक्कोउ’ को दोस्रो सेमेस्टर ※मेजर कोर्ष/ स्पेसल कोर्ष भन्दा बाहेक
・ स्पेसल एजुकेशन प्रदान गर्ने स्कुल ‘तोकुबेचु सिएन गाक्कोउ’ उच्च क्लास
・प्राविधिक कलेज ‘कोउतोउ सेन्मोन गाक्कोउ’ (पहिलो देखि तेस्रो वर्ष सम्म)
・ भोकेसनल कलेज ‘सेन्स्यूउ गाक्कोउ’ (उच्च कोर्ष/ सामान्य कोर्ष), विविध स्कुलहरू

बिदेशी स्कुलहरुमा पनि उपयोग गर्न सकिन्छ।
तलको वेबसाइटमा नाम भएका स्कुलहरु मात्र हुन्।
https://www.mext.go.jp/a_menu/shotou/mushouka/1307345.htm

तथापी, तलका कुनै एक कुरा मात्र पनि लागू हुने ब्यक्तिले यो प्रणाली उपयोग गर्न सक्दैनन्।
・अभिभावकको वार्षिक आम्दानी करीब एकानब्बे लाख वा सो भन्दा बढी भएको ब्यक्ति
・हाइस्कुल उत्रिर्ण भैसकेको ब्यक्ति
・३६ महिना भन्दा बढि हाइस्कुलमा पढिरहेको ब्यक्ति

आवेदनको लागि आवश्यक कुराहरु
निम्न लिखित कुराहरु आफू पढ्ने स्कुलमा पेश गर्नुहोस्।
・योग्यता प्रमाणपत्र आवेदन फाराम (ज्यूक्यु सिकाकु निन्तेइ सिन्सेइ-स्यो)(यस् फाराम स्कुलबाट लिन सकिन्छ। आवश्यक ठाउँहरुमा भर्नुहोस्)
・माइ-नम्बर कार्डको प्रतिलिपि, अथवा माइ-नम्बर लेखिएको आवास प्रमाणपत्रको प्रतिलिपि आदि

माइ-नम्बर कार्डको प्रतिलिपिको सट्टा, कर सम्बन्धि कागजात (कर प्रमाण पत्र) पेश गर्नुपर्ने पनि हुन सक्छ।
स्कुल अवस्थित प्रिफेक्चर अनुसार फरक पर्दछ।
स्कुलद्वारा प्रदान गरिने जानकारीलाई ध्यानपूर्वक सुन्नुहोस्।

कर (स्थानीय आवास कर) को प्रक्रिया पुरा गरेका ब्यक्तिले मात्र यस् प्रणालीको उपयोग गर्न सक्छन्।
आवेदन गर्नु भन्दा पहिल्यै नै निश्चितरुपमा प्रक्रिया (स्थानीय आवास करको रिपोर्ट) पुरा गर्नुहोस्।

थप जानकारीको लागि हाइस्कुलको अफिसमा सम्पर्क गर्नुहोस्।

यस् प्रणालीको बारेमा विस्तृत विवरण शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिन्छ। (जापानी भाषा मात्र)
https://www.mext.go.jp/a_menu/shotou/mushouka/index.htm

स्रोत / सन्दर्भ
「高校生等への就学支援」(文部科学省)
https://www.mext.go.jp/a_menu/shotou/mushouka/1342674.htm

「高校で勉強したい外国人のみなさんへ~高等学校等就学支援金制度のことを教えます~」(文部科学省・出入国在留管理庁)
http://www.moj.go.jp/isa/support/portal/guidebook_education.html

この記事を他の言語で見る
中国語 インドネシア語 英語
韓国語 クメール語 スペイン語
タイ語 タガログ語 ネパール語
ベトナム語 ビルマ語 フランス語
ポルトガル語 ペルシア語 マレー語
モンゴル語 ロシア語 日本