【रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुका लागि】

労働者 写真

जापान अध्यागमन सेवा एजेन्सीले अप्रिल २० तारिख बाट लागू हुने गरि कोरोना भाइरस (कोभिड-१९) को कारणले रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुले तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा रोजगार परिबर्तन गर्न मिल्ने गरि नयाँ नियमको कार्यान्वयन गरेको छ।

अहिले सम्मको नियम अनुसार प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुले जापानमा कुन प्रकारको काम गर्न मिल्ने भनि क्षेत्र तोकिएको थियो।
सो बाहेक अन्य काम गर्न मिल्दैनथ्यो।

यस् नयाँ नियम अनुसार, कोरोना भाइरस (कोभिड-१९) को कारणले रोजगारी गुमाएका प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुले क्षेत्र परिबर्तन गरि काम गर्न सक्छन्।
नयाँ काम निश्चित भएमा “विशेष गतिविधि” को भिसा स्टाटस हुन्छ।
जस अनुसार १ बर्ष काम गर्न मिल्छ।

जापान अध्यागमन सेवा एजेन्सीले अझै जापानमा काम गर्न चाहने प्राविधिक प्रशिक्षार्थी कामदारहरु तथा विशेष प्राविधिक कामदारहरुलाई नयाँ काम खोज्नको लागि सहयोग पुर्‍याउँछ।

कृषि या नर्सिंग इत्यादी कम्पनीहरू (व्यवसायहरू) मा कामदारहरूको माग भएको हुनाले, परिचय गराईदिन्छौ।

सर्बप्रथम “मैले जापानमा नयाँ जागिर खोजिरहेको छु” भनेर “विदेशी प्राविधिक प्रशिक्षण संगठन” वा “जापान अध्यागमन सेवा एजेन्सी” मा परामर्श गर्नुहोस्।
हाल, तपाईले काम गरिरहेको, पर्यवेक्षण समूह वा स्वीकृत प्रदान गरेको संस्था (कम्पनी) ले तपाईंलाई मद्दत गर्नुपर्दछ।

मूल लेख
https://digital.asahi.com/articles/ASN4K65XVN4KUTIL00P.html

フリー写真素材ぱくたそ

この記事を他の言語で見る
インドネシア語 英語 タイ語
タガログ語 中国語 日本語
ネパール語 ビルマ語 ベトナム語

 

Posted in: job