प्रवासी विद्यार्थीको बसोबास योग्यता (जाइर्यु सिखाकु) को बा रेमा

photo

* यो 2020 साल 10 महिनाको 19 तारिकको जानकारी हो।

अबदेखि विद्यालयमा अध्ययन गर्ने व्यक्तिहरू

◆ प्रवासी विद्यार्थी (र्युगाकु)को बसोबास योग्यता नवीकरण गर्न सक्नुहुनेछ।

-विद्यालय परिवर्तन भएपनि नवीकरण गर्न सक्नुहुनेछ।
-योग्यता बाहेकको काम गर्ने अनुमति (सिखाकुगाई खाचुदोउ क्योखा) पाएको खण्डमा , हप्तामा 28घन्टा सम्म अरूबाइटो गर्न सक्नुहुनेछ।
-जापानी भाषा स्कूलमा अध्ययनरत व्यक्तिहरू, 2वर्ष पुगिसकेको भएपनि विद्यालय जान सक्नुहुनेछ।
(त्यस बेलामा फेरि 「प्रवासी विद्यार्थीको बसोबास योग्यतामा नवीकरण गर्नुहोला।)

विद्यालयमा अध्ययन पुरा गरिसकेको तर स्वदेशमा फर्कन नसक्ने व्यक्तिहरू

◆विशिष्ट गतिविधि (तोकुतेई खाचुदोउ )(6 महिना )को बसोबास योग्यतामा नवीकरण गर्न सक्नुहुनेछ।

-काम गर्न चाहने व्यक्तिहरूले, हप्तामा 28घन्टा सम्म पार्ट-टाईम काम (आरूबाइटो)
गर्न सक्नुहुनेछ।
 (योग्यता बाहेकको काम गर्ने अनुमति नभए पनि हुन्छ )
-स्वदेशमा फर्कन नसकेर बसोबास योग्यतालाई प्रवासी विद्यार्थीबाट अस्थायी भिजिटर (तान्की ताइजाई)वा
 विशिष्ट गतिविधि(6 महिना ・काम गर्न नमिल्ने)मा परिवर्तन गरेका व्यक्तिहरू पनि पुन: परिवर्तन गर्न सक्नुहुनेछ।
-प्रवासी विद्यार्थी वा पूर्व प्रवासी विद्यार्थीको परिवारहरू पनि बसोबास योग्यतामा परिवर्तन गर्न सक्नुहुनेछ।

◆प्रवासी विद्यार्थीको बसोबास योग्यता बाँकी भएकोले योग्यता बाहेकको काम गर्ने अनुमति पाएका व्यक्तिहरू
पढाई सकेपछि पनि हप्तामा 28घन्टा सम्म पार्ट-टाईम काम गर्न सक्नुहुनेछ।

पढाई सकेपछि जापानमा काम गर्ने निर्णय भएका व्यक्तिहरू

◆यदि सर्तहरू पूरा भए, इन्जिनियर / मानवीय ज्ञान / अन्तर्राष्ट्रिय सेवा ( गिजिचु जिन्बुन चिसिकी कोकुसाई ग्योउमु ) को बसोबास योग्यता आदिमा परिवर्तन गर्न सक्नुहुनेछ।

पढाई सकेपछि पनि जापानमा काम खोज्न चाहने व्यक्तिहरू

(※विश्व विद्यालय ,टेक्नोलोजीको कलेज (कोउतोउ सेन्मोन गाक्कोउ), विशेष स्कूल विशेष पाठ्यक्रम (सेन्स्यु गाक्कोउ सेन्मोन खातेई) को पढाई सकाएको व्यक्तिहरू मात्र हो।)

◆विशिष्ट गतिविधिको बसोबास योग्यता मा परिवर्तन गरि, पढाई सके देखि 1वर्ष सम्म काम खोज्ने गतिविधि गर्न सक्नुहुनेछ।

-नवीकरण गरेको खण्डमा,1 वर्ष बितेको भएतापनि काम खोज्ने गतिविधि गर्न सक्नुहुनेछ।
-योग्यता बाहेकको काम गर्ने अनुमति पाएको खण्डमा, हप्तामा 28घन्टा सम्म
पार्ट-टाईम काम गर्न सक्नुहुनेछ।

बसोबास योग्यताको बा रेमा विभिन्न भाषाबाट परामर्श गर्न सक्नुहुनेछ।

क्षेत्रीय अन्तर्राष्ट्रियकरण संघ (चीइकी कोकुसाईखा क्योउखाई)
http://www.clair.or.jp/j/multiculture/association/consultation_list.html
योरीसोई हट लाईन
https://www.since2011.net/yorisoi/

सन्दर्भ・स्रोत

「स्वदेशमा फर्कन कठिनाई भएका विदेशीहरूलाई सम्बन्धित」
(अध्यागमन सेवा एजेन्सी 2020 साल 10 महिनाको 19 तारिकमा नवीकरण)
http://www.moj.go.jp/isa/content/930005847.pdf
→बहुभाषिक संस्करण यहाँबाट
http://www.moj.go.jp/isa/nyuukokukanri01_00155.html

「नयाँ कोरोना भाइरस संक्रमणको प्रभावले गर्दा स्वदेशमा फर्कन कठिनाई भएका मध्यम देखि लामो अवधिका निवासीहरू अथवा पूर्व मध्यम देखि लामो अवधिका निवासीहरूको आवासीय आवेदकहरूको बा रेमा 」
(अध्यागमन सेवा एजेन्सी 2020 साल 10 महिनाको 19 तारिकमा नवीकरण)
http://www.moj.go.jp/content/001320105.pdf

「नयाँ कोरोना भाइरस संक्रमण भएका प्रवासी विद्यार्थीहरूको सहयोग बा रेमा 」
(अध्यागमन सेवा एजेन्सी 2020 साल 10 महिनाको 19 तारिकमा नवीकरण)
http://www.moj.go.jp/content/001318472.pdf