“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” (क्युशोकु-स्या सिएन सेइदो) उपलब्ध छ!

“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” भनेको रोजगार बीमा (कोयो होकेन) प्राप्त नगर्ने ब्यक्तिहरुलाई छिटो रोजगारी खोज्न मद्दत गर्ने जापान सरकारद्वारा कार्यान्वित एक प्रणाली हो।

nep

*जानकारीको लागि नजिकैको हेलो वर्कमा सम्पर्क गर्नुहोस्।

● सहायता प्राप्त गर्नका लागि सर्तहरू
निम्न १ देखि ४ सम्म सबै
१ कामको लागि हेलो वर्कमा आवेदन भरेको हुनुपर्ने
२ रोजगार बीमा नगरेको, बेरोजगार भत्ता नलिएको हुनुपर्ने
३ काम गर्ने ईच्छा र क्षमता भएको हुनुपर्ने
४ सहायताको आवश्यकता रहेको भनि हेलो वर्कले स्वीकार गरेको हुनुपर्ने
(उदाहरण)
बेरोजगार भत्ता नपाउने ब्यक्ति
बेरोजगार भत्ता पाएको तर नयाँ कामको निश्चित नभएको ब्यक्ति
व्यवसाय गुमाएको ब्यक्ति
कामको निश्चित नभैकन स्कुल सकाएको ब्यक्ति

 

●”व्यावसायिक प्रशिक्षण” को बारेमा

“आधारभूत कोर्ष” → काम गर्न सक्ने गरि छोटो समयमा आधारभूत सीपहरू सिक्न सकिने
“व्यावहारिक (प्राक्टिकल) कोर्ष” → आफ्नो ईच्छा बमोजिमको कामलाई आवश्यक सीपहरू सिक्न सकिने

⮚ प्रशिक्षण समय: एउटा कोर्ष (२ देखि ६ महिना सम्म)
⮚ बिस्तृत जानकारीको लागि, हेलो वर्क इन्टरनेट सेवामा हेर्नुहोस्।

https://www.hellowork.mhlw.go.jp/

●”व्यावसायिक प्रशिक्षण भत्ता” को बारेमा

<बिषय-बस्तु>
मासिक १ लाख येन
“व्यावसायिक प्रशिक्षण” गर्ने ठाउँ सम्मको गाडी भाडा
घर भाडा(*)
(*)प्रशिक्षणको लागि बस्ने ठाउँ परिबर्तन गर्नु पर्ने अवस्थामा पनि हेलो वर्कले स्वीकृत गर्नु पर्ने

<प्राप्त गर्नका लागि सर्तहरू>
१ आफ्नो मासिक आम्दानी ८० हजार येन वा कम भएको
२ सम्पूर्ण परिवारको मासिक आम्दानी २ लाख ५० हजार येन वा कम भएको
३ सम्पूर्ण परिवारको वित्तीय सम्पत्ति (बचत इत्यादी) ३० लाख येन वा कम भएको
४ अहिले बसिरहेको ठाउँ बाहेक अन्य कुनै ठाउँमा जग्गा वा घर नभएको
५ प्रशिक्षणको सबै कोर्षमा भाग लिएको
६ परिवारका अन्य कुनैपनि सदस्यले उस्तै भत्ता नलिएको
७ विगत ३ बर्षमा जालसाझी गरेर वा गल्तीबस् अन्य कुनै पनि भत्ता नलिएको

*प्रशिक्षणको दौरानमा पनि, प्रशिक्षण पुरा भएपछि पनि हलो वर्कमा गएर कामको परामर्श गर्नु पर्नेछ (=व्यावसायिक परामर्श)।

यदि “व्यावसायिक प्रशिक्षण भत्ता” ले मात्र घर चलाउन नसक्ने अवस्थामा ऋण लिन सकिनेछ (भविष्यमा फिर्ता गर्नुपर्नेछ)।
थप जानकारीको लागि, हेलो वर्कमा सम्पर्क गर्नुहोस्।

 

●  प्रक्रियाहरू
प्रशिक्षणमा भाग लिनको लागि प्रक्रियाहरू
१. आफु बस्ने ठाउँको हेलो वर्कमा रोजगारीको आबेदन दिने
“रोजगार खोज्नेहरुका लागि सहायता प्रणाली” प्रयोग गर्न चाहन्छु भनेर भन्ने।
     ↓
२. हेलो वर्कमा प्रशिक्षणको कोर्ष रोज्ने
     ↓
३. हेलो वर्कमा प्रशिक्षणको आबेदन दिने
     ↓
४. प्रशिक्षण केन्द्रमा आवेदन फारम बुझाउने
     ↓
५. प्रशिक्षण केन्द्रमा जाँच दिने ( (अन्तर्वार्ता र लिखित)
(हेलो वर्कमा सोधेर अन्तर्वार्ता र लिखित जाँचको पूर्वतयारी गरौ)
     ↓
६.”पास” भएको सूचना आएपछि,
हेलो वर्कमा गएर “रोजगार सहायता योजना” लिने
     ↓
७. प्रशिक्षणमा भाग लिने
तोकिएको दिनमा हेलो वर्कमा गएर व्यावसायिक परामर्श गर्ने

 

“व्यावसायिक प्रशिक्षण भत्ता” को लागि प्रक्रियाहरू
१. भत्ता लिन चाहन्छु भनेर भन्ने
     ↓
२. भत्ताको प्रारम्भिक जाँचबुझको लागि आवश्यक कागजातहरू/ फाराम लिने  (♦)
     ↓
३. भत्ताको प्रारम्भिक जाँचबुझको लागि आवश्यक कागजातहरू/ फाराम भरेर बुझाउने  (♠)
     ↓
४. प्रारम्भिक जाँचबुझको नतिजा लिने
आबेदनको लागि कागजातहरू/फाराम लिने
     ↓
५. हेलो वर्कमा व्यावसायिक परामर्श गर्ने बेलामा भत्ताको लागि आवेदन दिने

*निम्न अवस्थामा “व्यावसायिक प्रशिक्षण भत्ता” प्राप्त गर्न सकिदैन।
कृपया सावधान रहनुहोस्।

・ तोकिएको दिनमा हेलो वर्क नगएमा
・ प्रशिक्षणमा नगएमा/ ढिलो भएमा/ चाँडैनै फर्केंमा (एकै पटक पनि)
(यदि कुनै कारणबस त्यसो भएको हो भने, प्रमाण स्वरुप कागजपत्रहरू पेश गर्नु पर्नेछ। परामर्श गर्नुहोस्।)

 

(♠)“व्यावसायिक प्रशिक्षण भत्ता” को प्रारम्भिक जाँचबुझको लागि आवश्यक कागजातहरू/ फाराम

・ब्यक्तिगत नम्बर थाहा हुने कुनै कागजपत्र (जस्तै: माई नम्बर कार्ड)
・निवास (रेसीडेन्स) कार्ड
・हेलो वर्कबाट प्राप्त फाराम  (♦)
पेश गर्न भनिएका अन्य कागजातहरु (बिस्तृत विवरणको लागि हेलो वर्कमा सम्पर्क गर्नुहोस्)

 

●सम्पर्क स्थान

आफु नजिकको हेलो वर्क
दोभाषेहरु उपलब्ध हलो वर्कको ठेगाना (सन् २०२० मे सम्म)
https://www.mhlw.go.jp/content/000592865.pdf

 

<साभार/ स्रोत >

「求職者支援制度のご案内」(厚生労働省)
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/koyou_roudou/koyou/kyushokusha_shien/index.html

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 スペイン語 タイ語
タガログ語 中国語 日本
ネパール語 ビルマ語 フランス語
ベトナム語 ペルシア語 ポルトガル語
マレー語 モンゴル語 ロシア語