बेरोजगार भत्ता (सिचुग्योउ क्यूउफु)

को बारेमा

 

काम छोडेका वा काम गुमाएका ब्यक्तिले,
अर्को काम नपाउन्जेल “बेरोजगार भत्ता” प्राप्त गर्न सक्छन्।
अघिल्लो कामको ५०% देखि ८०% सम्म तलब पाउन सक्छन्।

● सर्तहरू

१- तुरुन्त काम गर्न चाहेकोले, कामको खोजिमा रहेको

२- काम गर्ने ठाउँको निर्देशन बमोजिम काम छोडेको अवस्थामा:
काम छोड्नु अघि १ बर्षको अबधिमा कम्तिमा ६ महिना भन्दा बढी रोजगार बीमा (कोयो होकेन) गरेको

स्वइच्छाले काम छोडेको अवस्थामा:
काम छोड्नु अघि २ बर्षको अबधिमा कम्तिमा १२ महिना भन्दा बढी रोजगार बीमा गरेको

रोजगार बीमा नगरेको ब्यक्ति वा फ्रिलान्सको रूपमा काम गरेका ब्यक्तिले भने पाउदैनन्।

●प्रक्रिया

आफूले पहिले काम गरेको ठाउँबाट
“रोजगार बीमा बीमाकृत ब्यक्तिको बेरोजगारीको विवरण फारम (कोयो होकेन हिहोकेनस्या रिस्योकु-हयोउ)” लिने

<तयारी गर्नु पर्ने कुराहरु >
・रोजगार बीमा बीमाकृत ब्यक्तिको बेरोजगारीको विवरण फारम (पहिले काम गरेको ठाउँबाट लिने)
・निवास (रेसीडेन्स) कार्ड※
・ब्यक्तिगत नम्बर थाहा हुने कुनै कागजपत्र (जस्तै, माई नम्बर कार्ड)
・सील (इन्कान)
・आफ्नो नाममा रहेको बैंकको पासबुक अथवा क्यास कार्ड
・फोटो (३ से.मि. x २.५ से.मि.)※जापानी नागरिकता भएका ब्यक्तिसँग यदि माई नम्बर कार्ड छैन भने, आफ्नो परिचय खुलाउने अन्य कागजातहरूको आवश्यक पर्दछ। कृपया हलो वर्कमा सोधपुछ गर्नुहोस।

 

● पैसा पाउने बेलासम्म लाग्ने समय

काम गर्ने ठाउँको निर्देशन बमोजिम काम छोडेको अवस्थामा: प्रक्रिया पुरा गरेको ७ दिन
स्वइच्छाले काम छोडेको अवस्थामा: प्रक्रिया पुरा गरेको ७ दिन + ३ महिना (※ १)

※ १ : सन् २०२० फेब्रुअरी २५ तारिख यता, निम्न १~४ कुनै कारणले स्वइच्छाले काम छोडेक ब्यक्ति
→ ७ दिन मात्र कुर्नु पर्ने हुन्छ
१- आफु सँगै बस्ने परिवारमा कोरोनाभाइरस संक्रमित ब्यक्ति भएको र उक्त ब्यक्तिको हेरचाह गर्न पर्ने भएकोले काम छोडेको
२- आफुले सँगै काम गर्ने ठाउँमा कोरोनाभाइरस संक्रमित ब्यक्ति भएको र आफुलाई संक्रमण नहोस् भनेर काम छोडेको
३- आफु सँगै बस्ने परिवारमा दिर्घरोगी, गर्भवती, तथा ज्येष्ठ नागरिक भएको र उनीहरुलाई संक्रमण नहोस् भनेर काम छोडेको
४- कोरोनाभाइरस संक्रमणको प्रभावले बच्चाको रेखदेख गर्न पर्ने भएकोले काम छोडेको

१~४ सँग मेल खाने ब्यक्तिले, बेरोजगार भत्ताको निवेदनको लागि सम्पूर्ण प्रक्रिया पुरा गरेतापनि ७ दिन भन्दा बढी समय लागेको खण्डमा नजिकैको हलो वर्कमा सम्पर्क गर्नुहोस्।

● बेरोजगार भत्ता पाउने अबधि

काम छोडेको भोलिपल्टबाट १ बर्ष भित्रको (※२) केहि निश्चित दिनहरुको मात्र प्राप्त गर्न सकिनेछ।
प्राप्त गर्ने दिनहरूको संख्या जापानमा काम गरेको वर्षहरूको संख्यामा निर्भर गर्दछ।

(※२) निम्न अवस्थाहरूमा, यसलाई १ बर्ष वा सो भन्दा बढि सम्म बढाउन सकिन्छ
・कोरोनाभाइरस संक्रमण नहोस् भनेर हलो वर्क नगएको अवस्था
・कोरोनाभाइरस संक्रमित भएको जस्तो लक्षण देखा परेको अवस्था
・कोरोनाभाइरस संक्रमणको प्रभावले बच्चाको रेखदेख गर्न पर्ने भएको अवस्था

 

●सम्पर्क स्थान

हलो वर्क

दोभाषेहरु उपलब्ध हलो वर्कको ठेगाना (सन् २०२० मे सम्म)
https://www.mhlw.go.jp/content/000592865.pdf

 

●कागजातको नमूना

<रोजगार बीमा बीमाकृत ब्यक्तिको बेरोजगारीको विवरण फारम १>

1

<रोजगार बीमा बीमाकृत ब्यक्तिको बेरोजगारीको विवरण फारम २>

nep

 

● ध्यान दिनुपर्ने कुराहरु

काम गरेको ठाउँबाट रोजगार बीमा बीमाकृत ब्यक्तिको बेरोजगारीको विवरण फारम लिएको छैन भने काम गरेको ठाउँमा सोध्नुहोस्।
रोजगार बीमा बीमाकृत ब्यक्तिको बेरोजगारीको विवरण फारम लिएपछि, बेरोजगारीको कारण ( काम छोड्नुको कारण) मा चिन्ह लगाउनुहोस्।
आफैले “म मेरो काम छोड्छु,” भनेको खण्डमा “व्यक्तिगत सुबिधाको लागि” भन्ने हुन्छ।
काम गर्ने ठाउँले “काम छोड्नु” भनेको खण्डमा “काम गर्ने ठाउँको सुबिधाको लागि” भन्ने हुन्छ।
वास्तवमा “काम गर्ने ठाउँको सुबिधाको लागि” भएता पनि, काम गर्ने ठाउँले काम छोड्नेको “व्यक्तिगत सुबिधाको लागि” भनेर भन्ने गरेको हुन सक्छ।
“काम गर्ने ठाउँको सुबिधाको कारणले भन्यो भने नयाँ काम पाईदैन” इत्यादी भनेर झुटो बोलिन सक्छ। कृपया सावधान रहनुहोस्।

※कोरोनाभाइरसको प्रभावको कारणले जागिर छोड्ने निर्णय गरेको हो भने, त्यहि कुरा लेख्न लगाउनुहोस्।

 

<सन्दर्भ / स्रोत >(जापानिज भाषा)
हलो वर्क
https://www.hellowork.mhlw.go.jp/insurance/insurance_basicbenefit.html
https://www.hellowork.mhlw.go.jp/insurance/insurance_procedure.html

हेलो वर्क यूजर गाइड
http://hellowork.kilo.jp/risyokusyoumeisyo.html

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/koyou_roudou/koyou/koyouhoken/index_00003.html
※ “काम छोडेकाहरुका लागी” अंग्रेजी संस्करणको PDF छ।
https://www.mhlw.go.jp/file/06-Seisakujouhou-11600000-Shokugyouanteikyoku/0000198944.pdf

कोरोना बिरुद्द विशेष उपायहरू (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय)
https://www.mhlw.go.jp/content/11600000/000628804.pdf
https://jsite.mhlw.go.jp/chiba-roudoukyoku/content/contents/000642457.pdf

withnews、Yahoo! न्यूज(गैर-नाफा संगठन POSSE को लेखहरु)
https://withnews.jp/article/f0200410007qq000000000000000W0ej11101qq000020871A
https://withnews.jp/article/f0200606003qq000000000000000G00111101qq000021162A
https://news.yahoo.co.jp/byline/konnoharuki/20200413-00173041/

この記事を他の言語で見る
アラビア語 インドネシア語 英語
韓国語 スペイン語 タイ語
タガログ語 中国語 ネパール語
ビルマ語 フランス語 ベトナム語
ポルトガル語 ロシア語 日本