पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था

illust1
Hisako Hemmi

पैसा छैन कोरोनाले काम छैन विदेशी कामदारहरूको अिस्था

कोरोना भाइरसको कारणले गर्दा काम घटाएमा के गर्ने , कामबाट निकालिन्छ होला …… भनी कामको बारेमा चिन्ता बढीरहेको छ । जापानको प्रणाली थाहा पाएमा ढुक्क हुन्थ्यो । जापानी भाषा बुझ्न गाह्रो विदेशीहरू लाई जापानि हरूले पनि बुझ्न सक्ने सजिलो जापानी भाषाबाट विदेशी नागरिकहरूको श्रम परामर्श गर्न NPO(POSSE) संगै सोचिरहेका छौँ ।

■ काम पनि पैसा पनि नभएर समस्या भईराखेको छ ।

कोनिचिवा NPO,POSSEको इवाहासी माकोतो हुँ । अहिले काम नपाएर पैसा नभई समस्या परेको व्यक्तिहरूको सल्लाह हो ।

कोनिचिवा ! परिवार संगै रसिया बाट आएको हुँ । मनोरन्जन पार्कको नजिकको होटेलमा काम गरेको थिएँ ।सफाई गर्ने कम थियो । एक महिनामा १० मान यन पाएको थिए । तर फेब्रुअरी महिनाबाट होटेलमा बस्ने ग्राहकहरू घट्दै गए । त्यसपछि मेरो काम गर्ने दिन पनि कम भयो । होटेलको काम गर्ने दिन थोरै भएकोले होटेलको काम छोडे । चाडैनै अर्को काम भेटाउन मन छ । तर त्यति सजिलै पाईरहेको छैन । म जापानम परिवार संगै बस्छु । श्रीमान र बच्चाहरु छन् । घर भाडा र बच्चा को स्कुलको फिस तिर्न पैसाको अवस्यकता छ । अब पैसा छैन ।के गर्ने होला।

अहिले नया काम पाउन गाह्रो छ होला ।त्यो बेला जापानिज र बिदेशी ले पनि प्रयोग गर्न सकिने , प्रणाली छ ।

●काम छैन →पैसा पाउन सकिन्छ

काम छोडेको व्यक्ति , नया काम खोज्दै ,पाउने पैसा「बेरोजगारी भत्ता」छ । पाउनको लागि हेल्लो वोर्क मा जानुहोला ।

illust2
Hisako Hemmi

काम छोडेको व्यक्ति , नयाँ काम खोज्दै, पाउने पैसा「बेरोजगारी भत्ता」छ ।अहिले सम्म पाएको तलबको ५० प्रतिसत देखि ८० प्रतिसत सरकार बाट पाउन सकिन्छ । काम गरेको अवधि,पाइरहेको तलबको आधारमा पाउने रकम फरक हुन्छ ।
पातो,आरुबाइतो,हाकेनले पनि पाउन सक्छन् । बिदेशी नागरिकले पनि पाउछन् ।
पाउनको लागि हेल्लो वोर्कमा जानुहोला ।तर बेरोजगारी भत्ता पाउनको लागि काम गरेकोबेला रोजगार बीमा अनिवार्य गरेको हुनुपर्छ । त्यसपछि कम्पनीले 「छोड्नु 」भनेर भन्नु भन्दा ६ महिना अगाडी जापानमा काम गरेको छैन भए पाउदैन । यदि आफैले 「काम छोड्छु」 भनेको खण्डमा १ वर्ष काम गरेको छैन भने पाउदैन । त्यसैले यो वर्षको जनवरी या फेब्रअरीमा जापान आएकोले पाउदैन । रकम पाउने अवधी जापानमा काम गरेको वर्ष अनुसार फरक हुन्छ । ९० दिन पाउने सम्भावना धेरै छ ।

●पैसा छैन→ सापटी लिन सकिन्छ

कोरोना भाइरसको कारणले तलब घटेर जीविकोपार्जन गर्न गाह्रो भएको बेला पैसा सापटी लिन सकिन्छ । तपाइँ बस्नु भएको शहरको “समाज कल्याण परिषद” बाट परामर्श लिनुहोस्। पार्ट टाईम कामदारहरू, अस्थायी कामदारहरू र विदेशी नागरिकहरूले पनि पैसा सापट लिन सक्नेछन् ।

illust3
Hisako Hemmi

पैसा सापट लिने दुई तरिकाहरू छन्।

१) पैसा तुरुन्त चाहिएको बेला 「आपतकालीन साना कोष」बाट सापट लिन सकिन्छ । आवेदन दिनुभएको एक हप्ता जतिमा सापट लिन सक्नुहुनेछ ।
एक लाख येन सम्म सापट लिन सक्नु हुनेछ । बच्चाको स्कुल बिदा भएको कारणले काम गर्न नसकेकोले हो भने दुई लाख येन सम्म लिन सक्नुहुनेछ । फर्काउने बेलामा सापट लिएको रकम मात्र फर्काए हुन्छ (ब्याज तिर्नु पर्दैन) । ग्यारेन्टर पनि चाहिदैन । कोरोना भाइरसको कारण काम बिदा लिनुपरेको र तलब घटेको व्यक्त्तिले पनि सापट लिन सक्नेछ । काम गरिरहेको व्यक्त्ति या काम नगरेको व्यक्ति ले पनि सापट लिन सक्नेछन् ।

२) काम नभएको व्यक्ति या तलब घटेको व्यक्त्तिले「विस्तृत सहयोग कोष जीविकोपार्जन सहयोग कोष」बाट पैसा सापट लिन सक्नेछ। एक्लै बसोवास गर्नेले चार लाख पचास हजार येन सम्म । परिवार संग बस्नेले छ लाख येन सम्म लिन सक्नेछ । पैसा फर्काउने बेलामा सापट लिएको रकम मात्र फर्काए हुन्छ (ब्याज तिर्नु पर्दैन) । ग्यारेन्टर पनि चाहिदैन । टोक्यो-टोमा आवेदन दिएको २० दिन मा सापटी लिन सक्नेछ ।

विदेशी नागरिकहरूले पनि रकम सापटी लिन सक्नेछ । जस्तो सुकै आवासीय भिसा भएकोले पनि सापटी लिन सक्नेछ । तर रकम सापटी भएकोले नफर्काई हुदैन । त्यसैले तपाईले रकम फिर्ता गर्न सक्छ या सक्दैन, तपाईको आय र बचतको चेकजाँच भने हुन्छ । पैसा फिर्ता गर्ने म्याद सम्म तपाई जापानमा हुन्छ कि हुन्दैन , तपाइँको आवासीय अवधिको पनि चेकजाँच हुन्छ । आपतकालीन साना कोषबाट सापटी लिएको दिन देखि ३ वर्ष भित्र , जीविकोपार्जन सहयोग कोषबाट सापटी लिएको दिन देखि ११ वर्ष भित्र फर्काउनु पर्ने हुन्छ । यदि समाज कल्याण परिषदलाई सापटी रकम फिर्ता गर्न सक्दैन जस्तो लागेमा रकम सापटी लिन सकिनेछैन ।

सक्दिन →पैसा पाउन सकिन्छ

●कोठा भाडा तिडा तिर्न नसक्ने व्यक्त्तिलाई ३ महिना सम्म (लामो अवधीको बेला ९ महिना सम्म )कोठा भाडाको रुपमा पैसा पाउन सक्नुहुनेछ(आवास सुरक्षा लाभ)। बसोवास गर्नु हुने शहरको 「स्वतन्त्र परामर्श सहयोग केन्द्र」 मा परामर्श लिनुहोला । ठाउँ थाहा नभएमा वडा कार्यालय (कुयाकुस्यो ) मा सोध्नुहोला ।

illust4
Hisako Hemmi

काम छोडेर नयाँ काम खोजिरहेको व्यक्ति, हाल काम गरिरहेको व्यक्त्तिले पनि प्रयोग गर्न सक्नुहुनेछ । विदेशी नागरिकहरूले पनि प्रयोग गर्न सक्नुहुनेछ । प्राप्त गर्ने रकम बसोवास गर्नुहुने शहर अनुसार फरक पर्नेछ । उदाहरणको लागि टोक्यो-टो सेतागाया-कुमा बसोवास गर्ने व्यक्त्तिले ५३,७०० येन सम्म पाउन सकिन्छ । बचत धेरै भएको खण्डमा रकम पाउन सकिदैन ।

● धेरै समस्यामा छु→ जीवन सुरक्षा

साचैनै जीविकोपार्जनमा समस्या भएमा 「जीवन सुरक्षा」 भनिने प्रणाली छ । सरकारले जीविकोपार्जन खर्च दिनेछ ।

illust5
Hisako Hemmi

बसोवास गर्नुहुने वडा कार्यलय(कुयाकुस्यो) मा सल्लाह गर्नुहोला । विदेशी नागरिकहरूले पनि जीवन सुरक्षा प्रयोग गर्न सक्नेछन् । तर एईज्यु या तेईज्यु भिसा भएको बाहेकले यो सुविधा प्रयोग गर्न पाउने छैन । काम गर्ने भिसा (वर्किङ्ग भिसा )मा जापानमा बसोवास गर्ने विदेशी नागरिकहरू ले पनि प्रयोग गर्नसक्ने छैन । विभिन्न प्रणाली छ यदि समस्यामा पर्नु भएमा POSSE मा छलफल गर्नुहोला । तपाईहरुको लागि हामीपनि सोच्नेछौँ ।

この記事を他の言語で見る
インドネシア語 英語 韓国語
スペイン語 中国語 日本語
ネパール語 ベトナム語 ポルトガル語